एमाले अधिवेशनः पोखरा १० मा सूर्यबहादुर

समाधान संवाददाता २०७८ कार्तिक ६ गते १९:०७

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को वडा अधिवेशनमा पोखरा महानगरपालिका १० को अध्यक्षमा सूर्यबहादुर बानियाँ निर्वाचित भएका छन् ।

उपाध्यक्षमा सीता तिमिल्सिना, सचिवमा राजु श्रेष्ठ, उपसचिवमा कमल बस्नेत र जानुका अधिकारी चुनिएका छन् ।

गाउँपालिकाको वडा कमिटी ३१ सदस्यीय र महानगरपालिकाका वडा कमिटी ५१ सदस्यीय हुने व्यवस्था छ । सबै वडा कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था अनुसार महिला सहभागिता गराईएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया