बागलुङ कांग्रेस सभापतिमा शेरचन

समाधान संवाददाता २०७८ मंसिर १४ गते ११:०४

नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार मतदान भएको थियो । मंगलबार बिहान सार्वजनिक मत परिणाम अन्र्तगत जीत शेरचनले८७३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जगदिशचन्द्र उपाध्याले ७६८ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

शनिबार भएको मतदानमा तीन जना उम्मेदबार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी दोर्ण कुँवर निर्वाचनबाट बाहिएका थिए। त्यपछि शेरचन र उपाध्याबीच पुन निर्वाचन भएको थियो ।

जिल्ला उपसभापतिमा सागर छन्तयाल र तारानाथ पौडेल विजयी भए । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरे। यस्तै सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भए । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गरे ।

Advertisement

सह सचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीस विजयी भए । खत्रीले ८५५ र ८८० मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत शर्माले बताए। सभापतीका उपाध्यय वरिष्ठ नेता रामचन्द्र पौडेल र शेरचन संस्थापन पक्षबाट चुनावमा होमिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया