माओवादीमा २३६ केन्द्रीय सदस्य

समाधान संवाददाता २०७८ पुष १९ गते १३:५३

काठमाडौं ।
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । प्रचण्डले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २२६ जनाको नामावली बन्दसत्रमा बाचन गरेसँगै त्यसलाई पारित गरिएको छ । माओवादीको पहिलो केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने बताइएको छ । माओवादीको महाधिवेशन पुस ११ देखि प्रज्ञा भवन कमलादीमा बसेको थियो ।


नेकपा माओवादीले ८ औं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको केन्द्रीय सदस्यहरुको सूची पारित भएको छ । अध्यक्ष दाहालले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जनाको नाम पेस गरेका थिए । दाहालले जम्मा २३६ जना केन्द्रीय सदस्यको घोषणा गरेपछि बन्दसत्र हलले अनुमोदन गरेको हो ।


अब ६३ जना सदस्य चयन गर्न बाँकी छ । ती सदस्यहरु पछि मनोनीत हुनेछन् । माओवादी केन्द्रमा जम्मा २९९ केन्द्रीय सदस्य हुने व्यवस्था छ ।
नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीहरुको टुंगो सोमबार मात्रै लगाउने भएको छ । सोमबार निर्वाचित ज्येष्ठ केन्द्रीय सदस्यको अध्यक्षतामा बस्ने बैठकबाट पदाधिकारीको नाम टुंगो लगाउने तयारी माओवादीले गरेको हो । बन्दसत्रमा अध्यक्ष दाहालले सो जानकारी गराएका हुन् । आइतबार प्रचण्डले केन्द्रीय सदस्यहरुको प्रस्ताव गरेको २३६ जनाको सूची हलले पारित गरेको थियो ।

Advertisement


गण्डकीका दर्जनौं नेता माओवादी केन्द्रीय सदस्य भएका छन् । देव गुरुङ, हितराज पाण्डे, दिननाथ शर्मा, नारायणकाजी श्रेष्ठ, हरि अधिकारी, हरिबहादुर चुमान, देवेन्द्र पराजुली, दुर्गा विक, अमृता थापा, हितमान शाक्य, राजकाजी गुरुङ, आशा कोइराला, लेखनाथ न्यौपाने, सुरेश आलेमगर, अमरबहादुर गुरुङ तमु, हिमाल शर्मा, बलावती शर्मा लगायत केन्द्रीय सदस्य भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया