माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड

समाधान संवाददाता २०७८ पुष १९ गते १७:४३

पाेखरा । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् ।

आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरकेा थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया