राष्ट्रिय सभामा गण्डकीबाट एमालेका ३ जनाले दर्ता गरे उम्मेदवार

समाधान संवाददाता २०७८ पुष २० गते ११:४२
dav

पाेखरा ।

नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकीबाट ३ जना उम्मेदवारले निर्वाचन कार्यलयमा उमेदवार दर्ता गरेका छन् कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र स्याङ्जाका अर्जुन कुमार सुनाम एमालेले उम्मेदवार दर्ता गरेकाे निर्वाचन कार्यलय गण्डकी प्रदेश पाेखराका प्रमुख हुमनाथ पराजुलीले बताए ।

माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार २० पुसमा मनोनयनको कार्यक्रम छ । एमालेले कास्कीका पौडेललाई खुलातर्फ, नवलपुरकी थनेतलाई महिलातर्फ र बागलुङका नेपालीलाई दलिततर्फ उम्मेदवार दिएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया