राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसकी कमला पन्तको उम्मेदवारी दर्ता

समाधान संवाददाता २०७८ पुष २० गते १५:२१

पोखरा ।

राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेसकी नेतृ कमला पन्तको उम्मेदवारी दर्ता भएको छ । उनले महिलातर्फको कल्सटरमा मनोनयन दर्ता गराएकी हुन् । उम्मेदवारी दर्ताका लागि पन्त नेपाली कांग्रेसका नेताहरु सहित मंगलबार अपराह्न निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी लगायतका दलहरुले गठबन्धन गरेका छन् । एमाले भने एक्लै मैदानमा छ । गण्डकीबाट ३ जना निर्वाचित हुनेमा माओवादीबाट २ र कांग्रेसले १ जनालाई उम्मेदवार बनाउने सहमति सत्ता गठबन्धनबीच भएको हो ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया