कास्कीमा चुनाव हुने सङ्केत प्रतिनिधिसँग भोट माग्दै अध्यक्षका दाबेदार मनबहादुर गुरुङ

समाधान संवाददाता २०७८ पुष २५ गते १४:११

पोखरा । नेकपा एमाले कास्की जिल्ला कमिटीको १० औं महाधिवेशनमा नेतृत्व सर्वसम्मतबाट चयन गर्ने प्रयास जारी रहदा अध्यक्षसहितका पदाधिकारीका दाबेदारहरु प्रतिनिधिसँग भोट माग्न थालेका छन् ।

अध्यक्षमा बलियो दाबेदारी जनाएका मनबहादुर गुरुङ आफ्नो समूहसहित अधिवेशनस्थलमा प्रतिनिधिसँग साक्षात्कार बढाएका हुन् । तपाईंहरुकै जोडबलमा सर्वसम्मतको प्रयास होस्, प्रतिनिधिसँग आफ्ना लागि समर्थन माग्दै उनले भने, त्यसबाहेक तपाईंहरुको उम्मेदवार मलाई बनाउनुहोला । उनको टीमबाट उपाध्यक्ष मा तेजनारायण अधिकारी, सचिवमा विष्णुबहादुर केसी, उपसचिवमा इमानराज पौडेलको दाबेदारी रहने भएको छ ।


कावा अध्यक्षसमेत रहेका गुरुङ बलिया उम्मेदवार हुन् । त्यसअघि उपाध्यक्ष रहेका गुरुङ नेता कार्यकर्ताको बीचमा शालीन मानिन्छन् । उनको सबै कार्यकाल निर्विवाद छन् । अध्यक्षमा उनको प्रतिस्पर्धी दामोदर पौडेल हुने भएका छन् । निर्वाचन समितिले आन्तरिक तयारी सकेर अन्तिम मतादाता नामावली प्रकाशनको तयारीमा छ ।

Advertisement

तपाईको प्रतिक्रिया