एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ र दामोदर बैरागीको मनोनयन दर्ता

समाधान संवाददाता २०७८ पुष २५ गते १७:१७

पोखरा ।
नेकपा एमाले कास्की जिल्ला कमिटीको १० औं महाधिवेशनमा अध्यक्षाकालागि २ जनाकाे उम्मेदार मनोनय दर्ता भएको छ । अध्यक्षमा मनबहादुर गुरुङ र दामोदर बैरागीको मनोनयन दर्ता भएको हो । यसअघि सर्वसम्मतबाट चयन गर्ने प्रयास भएपछि अन्तिममा आएर चुनावबाटै नेतृत्व छनोट हुने भएकाे छ ।

गुरुङ र बैरागीले आइतबार दिउँसो उम्मेदारी दर्ता गराएका हुन् । उपाध्यक्षमा तेजनारायणा अधिकारी, प्रभा कोइराला, सचिवमा बैनबहादुर अधिकारी क्षेत्री, विष्णुबहादुर केसी, उपसचिवमा दर्शन लामा, नवराज वोझा, मनभुजा विक, सुनकुमारी भुजेल इमानराज पाैडेलको उम्मेदारी परेको छ ।अध्यक्षसहितका पदाधिकारीका दाबेदारहरु प्रतिनिधिसँग भोट माग्न थालेका छन् ।

गुरुङ र बैरागीले छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा गएका हुन् । गुरुङको प्यानलबाट तेजनारायण अधिकारी, विष्णुबहादुर केसी इमानराज पौडेल छन् ।। बैरागीको तर्फबाट प्रभा काइराला, बैनबहादुर अधिकारी क्षेत्री, दर्शन लामा, नवराज वोझा छन् । अन्य २ जनाको भने अहिलेसम्म कुन प्यानलकाे खुलेका छैन् ।

Advertisement

तपाईको प्रतिक्रिया