एमाले कास्की नेतृत्वमा मतदान जारी

समाधान संवाददाता २०७८ पुष २७ गते ११:३४

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्कीको १० औं अधिवेशनबाठ नेतृत्व चयनका लागि मतदान जारी छ । पोखरा सभागृहमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए । उनका अनुसार ११ः३० बजेसम्म २ सय मत खसिसकेको छ ।


अधिवेशनअन्तर्गत आइतबार र सोमबार केही भौगोलिक तथा गैरभौगोलिक क्षेत्रका उम्मेद्वार निर्विरोध भएका छन् । निर्विरोध हुन नसकेका क्षेत्रमा मतदान गर्न लागिएको हो । अध्यक्षमा मनबहादुर गुरुङ र दामोदर बैरागीको प्रतिस्पर्धा हुँदै छ । यसअघि सर्वसम्मतबाट चयन गर्ने प्रयास भएपछि अन्तिममा आएर चुनावबाटै नेतृत्व छनोट हुने हो ।


तेजनारायणा अधिकारी, प्रभा कोइराला, सचिवमा बैनबहादुर अधिकारी क्षेत्री, विष्णुबहादुर केसी, उपसचिवमा दर्शन लामा, नवराज वोझा, मनभुजा विक, सुनकुमारी भुजेल इमानराज पौडेलको उम्मेदारी परेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया