पोखरामा चितुवाको छाला सहित १ जना पक्राउ

सञ्जय रानाभाट २०७८ माघ ६ गते १९:३४

पोखरा ।


जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रूपमा वन्यजन्तुको छाला घरमा लुकाई राखेको एक जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा पोखरा २२ पुम्दिभुम्दीका २८ का खोबहादुर थापा हुन् । थापालाई बिहीबार उनको घरबाट कास्की प्रहरीले पक्राउ गरेको हो । थापाको साथबाट चितुवाको जस्तो देखिने छाला ७ फिट लम्बाइ, २ फिट ६ ईन्च चौडाई भएको पुच्छर सहितको टाटेपाटे आकारको खैरो रङको छाला १ थान, वन्यजन्तु चितुवाको जस्तो देखिने २ वटा दाह्रा सहितको दाँतको भागको टुक्रा १ थान फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए ।

Advertisement


डिएसपी तिवारीका अनुसार थापाको साथबाट बन्यजन्तु सिकार गर्न प्रयोग गर्ने बन्दुक, बन्दुकमा लाग्ने सुन्दरी सुप्रिम प्रिक्स लेखिएको खालि खोका ४५ थान, बन्दुकमा लाग्ने थातुका छर्रा १ सय ९१ ग्राम, र्छरा बनाउन प्रयोग हुने डल्लो पदार्थ ९ सय ५ ग्राम, सानो पटका रहेको रातो रंगको पत्ता १ थान फेला परेको हो । थापाको साथबाट नियन्त्रण लिएको बन्दुक ७८१३४ नम्बरको ३ फिट १०.०५ इन्च लम्बाइ छ ।
शुक्रबार नै थापालाई नियन्त्रण लिएर कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तिवारीले जानकारी दिए ।


थापालाई वन्यजन्तु संरक्षण ऐन २०२९ सम्बन्धी कसुरमा अनुसन्धान गरी कारवाहीको लागि वन्यजन्तुको अखेटोपहार डिभिजन वन कार्यालय पठाइएकोे तिवारीले जानकारी दिए ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया