सेभेन ए साइडको तयारीमा मुस्लिम युवा

समाधान संवाददाता २०७८ फागुन ५ गते २१:२२

नेपाल मुस्लिम युवा समितिले आयोजना गर्ने तय भएको तेस्रो लोककवि अली मियाँ स्मृति खुला सेभेन ए साइड फुटबल प्रतियोगिता फागुन २८ गते हुने भएको छ । समितिले स्वास्थ्य मापदण्ड पालना गरी प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतियोगिता पोखरा १३ स्थित माछापोखरी खेल मैदानमा हुनेछ । युवालाई खेलकुदमा आकर्षित गर्न तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको संयोजक अब्बुबकर मियाँले बताए ।

प्रतियोगिताका विजेतालाई नगद १ लाख २५ हजार नगदसहित ट्रफी, मेडल, प्रमाण पत्र दिइनेछ । उपविजेतालाई नगद ७५ हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।

Advertisement

त्यस्तै, सेमीफाइनल पुग्न सफल अन्य २ टिमलाई १० हजार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, डिफेन्डर, मिड फिल्डर, हाइ स्कोरर र गोलकिपरलाई जनही नगद ५ हजार प्रदान गरिनेछ । प्रतियोगितामा टिम दर्ता ७ हजार शुल्क तोकिएको छ । प्रतियोगिता गर्नका लागि ८ लाख ७५ हजार खर्च लाग्ने अनुमान छ ।

Advertisement

तपाईको प्रतिक्रिया