पोखरा महानगरपालिका अघिको सडकमा भ्वाङ

समाधान संवाददाता २०७८ चैत २ गते १५:४०

पोखरा ।

पोखरा महानगरपालिका कार्यालय अघि न्युरोडको सडकमा भ्वाङ परेको छ । भ्वाङ परेको ठाउँलाई धेरा लगाई सवारी साधन आउजाउको व्यवस्था मिलाइएको छ । किन र कसरी भ्वाङ परेको हो भन्ने यकीन भएको छैन ।

यसअघि पनि पोखराको न्युरोडमा पटकपटक भ्वाङ पर्दै आएको छ । बुधबार दिउँसो ३ बजे एक्कासि न्युरोडको सडकमा भ्वाङ देखिएको थियो । महानगरपालिकाको माथिल्लो गेटअघि सडकमा भ्वाङ परेको हो । डेढदेखि २ मिटरसम्मको भागमा भ्वाङ देखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया