टार्गेट एजुकेसन ११ वर्षमा

समाधान संवाददाता २०७८ चैत ४ गते १९:४८


पोखरा

पोखराको चिप्लेढुंगामा प्रधान कार्यालय रहेको टार्गेट इन्टरनेसनल एजुकेसन प्रालिले स्थापनाको १० औं वर्ष पूरा गरेको छ । सन् २०१२ मा स्थापित टार्गेटले अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, बेलायत, डेनमार्क तथा अमेरिका लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई गुणस्तरीय सेवा निरन्तर प्रवाह गर्दै आएको छ ।


शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त टार्गेटले पोखरामा रहेर विदेशस्थित कैयन ख्यातिप्राप्त कलेज तथा विश्वविद्यालयको आधिकारिक प्रतिनिधि भएर काम गरिरहेको छ । टार्गेटले टिआइटिआई, क्युइएसी, आइसिइएफ, ब्रिटिस काउन्सिल जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायबाट तालिमप्राप्त दक्ष परामर्शदाताबाट विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । आइएल्टिएस तथा पिटिइ लगायतका पूर्वतयारी कक्षा पनि यसले सञ्चालन गर्दै आएको छ ।

Advertisement


टार्गेटले यसै वर्ष काठमाडौं लगायत देशका अन्य सहरमा पनि कार्यक्षेत्र विस्तार गर्ने योजना बनाएको संस्थापक तथा प्रवन्ध निर्देशक भुवन क्षेत्रीले बताए । क्षेत्री इक्यान कास्कीका निवर्तमान अध्यक्षसमेत हुन् । क्षेत्रीले शैक्षिक परामर्श सेवालाई विद्यार्थीको भविश्य निर्माणको सहयात्री बन्ने पेशाको रुपमा लिएको र आफू शैक्षिक परामर्श व्यवसायी हुनुमा गर्व अनुभूत गरेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया