चाउँथेमा स्कुटर अनियन्त्रित हुँदा चालकको मृत्यु

समाधान संवाददाता २०७८ चैत १० गते १८:०४

पोखरा ।

सवारी दुर्घटनामा स्कुटर चालको मृत्यु भएको छ । पोखरा १४ चाउँथेमा बिहान ६ बजे स्कुल बससँग स्कुटर ठोकिएको थियो । मृत्यु हुनेमा तनहुँ घर भएका पोखरा १४ चाउँथे बस्ने किस्मत वाग्ले भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुन्दर तिवारीले बताए । १९ वर्षीय वाग्ले बाटोमा पैदल यात्री ३२ वर्षीय टेकमाया घर्तीलाई ठक्कर दिएरस्कुटर अनियन्त्रित भएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।


डिएसपी तिवारीका अनुसार चाउथेबाट विजयपुरतर्फ जाँदै गरेको ग२२प ००७ नम्बरको स्कुटरले उत्तर तर्फ आउँदै गरेको गोल्डेन फ्युचर बोर्डिङ स्कुलको ग१क ९९६ नम्बरको बससँग ठोकिएको हो । उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याएपछि चिकित्साकहरुले मृत घोषण गरेका थिए ।

Advertisement


घाइते टेकमायाको लेखनाथ सिटी अस्पतालमा सामान्य चेक जाँच गराएर डिस्चार्ज गरिएको तिवारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया