रुपाका सबै वडामा फ्रि वाइफाई जोन

समाधान संवाददाता २०७८ चैत १५ गते १८:५१


पोखरा ।
कास्कीको रुपा गाउँपालिकाको वराहथोक कोट भैरव मन्दिरमा फ्रि वाइफाइ जोन स्थापना भएको छ । पालिका अध्यक्ष नवराज ओझाले जोन सुरुआत गरे ।


रुपाका सबै वडाका १९ स्थानमा फ्रि वाइफाइ जोन बनाइएको छ । पालिकाका ५७ स्थानमा फ्रि वाइफाइ जोन बनाउने योजना छ । प्रविधिमा सबैको पहँुच होस् भन्ने उद्देश्यले यो कार्यक्रम टोल टोलमा लागू गरिएको अध्यक्ष ओझाले बताए ।


पहिलो चरणमा पर्यटकीय क्षेत्र, धार्मिक, सार्वजनिक क्षेत्रमा पर्यटक, गरिब र नेट जोड्न नसक्ने जनतालाई लक्षित गरी यो योजना लागू भएको छ । पहिलो चरणमा पाँच वर्षका लागि इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकसँग पालिकाले सम्झौता गरेको छ ।

Advertisement


रुपाका प्राय सबै क्षेत्रमा फाइबर नेट पुगिसकेको छ । यहाँ सबै विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यलयमा इन्टरनेट जोडिएको छ । १० लाख रुपैयाँ लगानीमा सबै वडामा फ्रि वाइफाई जोन बनाइएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया