प्रदेश प्रमुखले दिए शुभकामना

समाधान संवाददाता २०७९ वैशाख १ गते १०:४१

पोखरा l
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ वर्ष २०७९ को आगमनकोस्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकता एवम् समृद्धिको कामना गरेका छन् ।


प्रदेश प्रमुख गुुरुङले बुधबार शुुभकामना सन्देश जारी गर्दै २०७८ साललाई राजनीतिक, आर्थिक र सामाजिक विकासका दृष्टिले उपलब्धिपूर्ण वर्षको रूपमा लिन सकिने उल्लेख गरे । उनले कोभिड १९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण समयमै कोरोनाविरुद्धको खोप अभियानको थालनी भएकाले मृत्युदरलाई न्यून राख्न सफल हुनु जस्ता कुरा पनि गत सालका सकारात्मक उपलब्धि भएको बताए । उनले महामारी कम भए पनि आम नागरिकमा यसको त्रास भने कायमै रहेकाले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्नुपर्नेमा जोड दिए ।


उनले संविधान सभामार्फत् नयाँ संविधान जारी भएपछि हामी यसको कार्यान्वयनकै चरणमा रहेकाले संविधानको मर्म, भावना अनुसार गर्नु पर्ने धेरै काम भए पनि अझै यसले पूूर्णता नपाएका कारण जनअपेक्षा अनुसार काम गरेर जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया