पाहुनाको स्वागतमा फेवा नव वर्ष महोत्सव

समाधान संवाददाता २०७९ वैशाख १ गते ११:०६

पोखरा l

सँगसँगै विदेशी संस्कृति, खानपान, चालचलन पनि यहाँ आएका छन् । सभ्यताको विकास मौलिकता जोगाउँदै अरुका असल पक्षको अनुसरण गर्दै भएको हो । हामीले अरुका धेरै पक्षको अनुसरण अझ अन्ध अनुकरण गर्ने गरेका छौं । आफ्नो मौलिकता जोगाउन उति साह्रो चासो नेपालीमा नदेखिएको सत्य हो । भलै हाम्रा संस्कृति, खानपान, मौलिकता जोगाउन संस्थागत र व्यक्तिगत प्रयासहरु नभएका होइनन् । पाहुनाको स्वागतमा महोत्सव आयोजना गरी पोखरा अहिले नेपालीको मौलिकता जोगाउँदै पर्यटन प्रवद्र्धन गर्न जुटेको छ ।

अंग्रेजी नयाँ वर्ष नेपालमा पनि भव्य रुपमा मनाउन थालिएको छ । त्यो नयाँ वर्षकै महोत्सवका लागि समेत पर्यटक नेपाल आउन थालेका छन् । यसले उनीहरुलाई नेपाल आउँदा पनि उहीको आभास दिलाउँछ । सँगसँगै नेपालीले आफ्नै नयाँ वर्षको उत्सव मनाउनु पनि जरुरी छ । नयाँ वर्षको अवसरमा बुधबारबाट यहाँ महोत्सव सुरु भएको छ । निशुल्क प्रवेशसहित खुला सडकमा हुने महोत्सवको यो १७ औं संस्करण हो । १७ औं फेवा नव वर्ष महोत्सव बिहीबारसम्म चल्नेछ । होटल संघ पोखरा नेपालले आयोजना गरेको यो २ दिने महोत्सवले नयाँ वर्षमा पाहुनलाई स्वागत गर्दै नेपाली संस्कृति र मौलिकता जोगाउन योगदान गर्ने गरेको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्नु यसको मुख्य उद्देश्य हो ।

Advertisement

महोत्सवमा पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिने आयोजकको लक्ष्य छ । फिस्टेल गेटदेखि हल्लनचोक बीचको ३ किलोमिटर सडकमा हुने यो महोत्सव अरु भन्दा पृथक छ । सडकमा नै खानाका परिवार र विभिन्न संस्कृतिको मजा दर्शकले पाउने छन् । आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्दै कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान पनि यसले सघाउनेछ । कोभिडकै कारण २ वर्ष स्थगित भएको महोत्सवमा लोकदोहोरी र पप कन्सर्ट पनि भइरहेका छन् । नयाँ वर्षमा पाहुनालाई उपहारमा रुपमा व्यवसायीले खाना र होटलमा छुट पनि घोषणा गरेका छन् । कोभिडबाट थला परेको अर्थतन्त्रलाई उकास्न यस्ता मेला, महोत्सवको विशेष योगदान रहन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया