नयाँ सालमा समृद्धिको संकल्पः मुख्यमन्त्री

समाधान संवाददाता २०७९ वैशाख १ गते ११:२४


पोखरा l
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह, प्रदेश र संघ सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउन सकेमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले कार्य सम्पादनका क्रममा भएका कमजोरीमाथि समीक्षा गर्दै प्रदेशको समृद्धिका लागि चाल्नुपर्ने कदमका बारेमा आम नागरिकको सुझाव र सल्लाहको अपेक्षा समेत प्रदेश सरकारले गरेको उल्लेख गरेका छन् ।


प्रभावकारी सेवा प्रवाह तथा सुशासन प्रदेश सरकारको पहिलो शर्त हो भन्दै मुख्यमन्त्री पोखरेलले संघीयताको अभ्याससँगै नागरिकका आवश्यकता र चाहना अनुसारका क्षेत्रमा काम गर्न क्रियाशील रहेको बताए । उनले भनेका छन्, ‘प्रदेश सरकारले प्रष्ट सोच र योजनाका साथ आर्थिक समृद्धिको लागि प्रयत्न गर्दै आएको छ ।’


यो साल चुनावी वर्ष भएकाले निश्पक्ष निर्वाचनमा सहभागी भई मुलुकको समृद्धिका साथै प्रजातान्त्रिक प्रणालीको सुदृढीकरणका लागि योगदान पु¥याउन उनले प्रदेशवासीमा अनुरोध गरेका छन् । नयाँ वर्षले प्रदेशमा दिगो शान्ति, सुदृढ प्रादेशिक एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया