पोखरा १७ मा एमाले उम्मेदवार सिफारिस

समाधान संवाददाता २०७९ वैशाख १ गते ११:५७

पोखरा l
नेकपा (एमाले) वडा कमिटी पोखरा महानगरपालिका वडा नम्बर १७ ले स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र सदस्यको नाम सिफारिस गरेको छ । वडाध्यक्षमा सुवास ढुंगाना, राधिका शाही योगी र रघु भण्डारी सिफारिस भएका छन् ।


खुला महिला सदस्यका लागि विष्णु थापा भुजेल, सुधा काफ्ले भण्डारी र सविता सुवेदी भण्डारी सिफारिस भएका छन् । दलित महिला सदस्यमा तारा परियार, कोपिला दियाली र लक्ष्मी परियारको नाम सिफारिस भएको छ । खुला सदस्यका लागि भेषराज बराल, शिवराम भण्डारी, लीलाबहादुर जिसी, हरि बास्तोला, विक्रम गुरुङ, धनबहादुर शाही र शिव न्यौपानेलाई सिफारिस गरेको वडा सदस्यसमेत रहेकी राधिका योगी शाहीले जानकारी दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया