घरदैलोमा एमालेका उम्मेदवार

समाधान संवाददाता २०७९ वैशाख १ गते १२:१०


लेखनाथ l
सर्वसम्मत उम्मेदवार सिफारिस भएपछि पोखरा महानगरपालिका वडा नंं २७ मा नेकपा एमालेले घरदैलो सुरु गरेको छ ।
नेकपा एमालेमा सूर्यमणि लामिछानेको नेतृत्वमा वडाध्यक्ष र सदस्यमा सहमति जुटेको छ । खुला वडा सदस्यमा तारानाथ दवाडी र प्रकाश देवकोटा, महिला खुला सदस्यमा बुद्धिमाया थापामगर र दलित सदस्यमा उमा परियार छन् । वडाले महानगरलाई उम्मेदवार सिफारिस गरेपछि एमाले पोखरा २७ ले चुनावी घरदैलो अभियान थालेको हो ।


उम्मेदवारसहित एमालेका कार्यकर्ताले वडाका विभिन्न स्थानमा घरदैलो गरेका छन् । चुनावी अभियानका रुपमा छत्रेढुंगा, मरेखरे, पण्डित थर, कुमालगाउँ एकता टोलमा मत मागिएको लामिछानेले बताए । अघिल्लो स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेर पनि कांग्रेसले गर्न नसकेका कामलाई एमालेको टोलीले चुनावी एजेन्डा बनाएको छ । यहाँ नेपाली कांग्रेसले पनि घरदैलो अभियान थालेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया