कार्ययोजना ल्याउँदै अटेरी उम्मेदवार

समाधान संवाददाता २०७९ वैशाख १ गते १३:०१

पोखरा l
पोखरा ३ बाट अटेरी उम्मेद्वारी घोषणा गरेको अभियन्ताले ३ गते कार्ययोजना सार्वजनिक गर्ने भएका छन् । यसअघि पोखरा महानगर प्रमुखको पदमा उम्मेद्वारी घोषणा गरेका गनेस पौडेलले पोखरा लक्ष्य २०७९ नाम दिएर कार्ययोजना सार्वजनिक गरिसकेका छन् ।


पोखरा ३ बाट वडाध्यक्ष पदमा अटेरी उम्मेद्वारी घोषणा गरेका महेश उदासले आफ्नो उम्मेद्वारीबारे वैशाख ३ गते कार्ययोजना सार्वजनिक गर्ने अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए । वडाभित्रै कार्ययोजना सार्वजनिकीकरण कार्यक्रम राखिए पनि स्थान र समय भने छिट्टै तोकिने संयोजक काकीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया