जन्मदिनमा दृष्टिविहीनलाई कपडा सहयोग

समाधान संवाददाता २०७९ वैशाख १ गते १३:३२

लेखनाथ l
पोखरा ११ रानीपौवाका राजु सुवेदीले आफ्नो ४४औं जन्मदिनको अवसरमा पोखरा २९ पावर हाउस स्थित अपांग मैत्री समाज कास्कीमा आश्रित दृष्टिविहीनलाई कपडा वितरण गरेका छन् ।


लायन्स क्लब अफ पोखरा लेखनाथका वर्ष २०२२÷२३ का इलेक्ट सर्भिस चेयर पर्सनसमेत रहेका सुवेदीले त्यहाँ आश्रित २४ जना दृष्टिविहीनलाई कपडा वितरण गरेका हुन् । सुवेदीले विभिन्न बेला अवसरमा हुने फजुल खर्च कटाएर सहयोग गरेको बताए ।
अपांग मैत्री समाज अध्यक्ष दण्डपाणि ढकालले सहयोगप्रति आभार व्यक्त गरे ।

लायन्स क्लब अफ पोखरा लेखनाथ अध्यक्ष घनश्याम ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष एवं वर्ष २०२२÷२३ का निर्वाचित अध्यक्ष आनन्द बजगाई र वर्ष २०२२÷२३ का सहसचिव चन्द्रकान्त अधिकारीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया