मुस्ताङमा खटिने म्यादीलाई १० दिने तालिम सुरु

समाधान संवाददाता २०७९ वैशाख १ गते १४:००

जोमसोम १ बैशाख

आसन्न स्थानीय तह निर्वाचन सुरक्षा प्रयोजनका लागि हिमाली जिल्ला मुस्ताङमा म्यादी प्रहरीलाई १० दिने आधारभुत तालिम अभ्यास गराईएको छ ।निलगिरि र धौलागिरि हिमालको फेदीमा मुस्ताङमा खटिने म्यादी प्रहरीलाई तालिम अभ्यास गराएको हो ।
मुस्ताङमा चैत्र २८ गतेदेखि म्यादी प्रहरीलाई तालिम अभ्यास गराईएको छ।मुस्ताङको घरपझोङ —४ जोमसोम स्थित कभर्ड हलको खुला खेल मैदानमा म्यादी प्रहरीमा छनौट भएकाहरुलाई तालिम अभ्यास गराईएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजकुमार तामाङले जानकारी दिए ।म्यादीमा छनौट भएका युवा युवतीहरु मुस्ताङको सुन्दर वातावरणमा तालिम अभ्यास लिन पाउँदा उत्साहित भएको उनले बताए । स्थानीय तह निर्वाचन सुरक्षाका लागि छनौट भएका व्यक्तिलाई ४ समुहमा विभाजन गरी शारिरीक ब्यायाम,अनुशासन र आत्मविश्वाश जगाउने लगायतका ३ बिषयमा फोकस गरी तालिम अभ्यास गराईएको प्रहरी निरीक्षक तामाङको भनाई छ ।यसका लागि जिल्ला प्रहरी कार्यालयबाट करिव ५ जना प्रशिक्षक खटिएको उनले बताए ।
आसन्न स्थानीय तह निर्वाचन सुरक्षाका लागि २ सय ५६ जना कोटा रहेकोमा जम्मा २ सय ३० जना म्यादी छनौट गरिएको थियो । छनौट भएका मध्ये ८ जना तालिममा अनुउपस्थित रहेको सूचना अधिकारी तामाङले उल्लेख गरे ।मुस्ताङमा तोकिएको म्यादी सख्या अपुग भएपछि प्रदेश प्रहरी कार्यालयले २४ जना म्यादी मुस्ताङ पठाईसकेको छ भने बाँकी अपुग १० जना पनि म्याग्दीबाट ल्याउने क्रममा रहेको उनले जनाए ।
सिनियर दर्जाका प्रहरीलाई दिईने ९ महिनादेखि १८ महिनासम्मको विभिन्न खालका आधारभुत तालिम हुने गरेको र ति तालिमहरुलाई समेटेर १० दिनमा सक्ने गरी सक्षिप्त तालिम अभ्यास गराईएको हो ।म्यादी प्रहरीलाई ४० दिने कार्यभार तोकिएकोमा १० दिन तालिम र बाँकी ३० दिन प्रहरीले गर्ने नियमित कार्यसम्पादन र निर्वाचन सुरक्षाका लागि खटाईने प्रहरी निरीक्षक तामाङको भनाई छ ।तालिमले निर्वाचन सुरक्षाका लागि उनीहरुलाई सक्षम बनाउने उनले बताए ।
स्थानीय तह निर्वाचन सुरक्षाका लागि मुस्ताङमा जिल्ला बाहिरका म्याग्दी,बाग्लुङ,रुकुम ,रोल्पा र धादिङ लगायतका मानिस म्यादी प्रहरीमा भर्ना भएका छन् । वैकल्पिक रोजगारका क्रममा मुस्ताङ आएका मजदुरहरु म्यादी प्रहरीमा भर्ना भएका छन् ।यसै गरी जिल्ला प्रहरी कार्यालय मुस्ताङले स्थानीय तह निर्वाचन सुरक्षाका लागि सुरक्षा मोडालिटी तयार गर्दै गरेको जनाईएको छ ।प्रहरी निरीक्षक तामाङका अनुसार म्यादी प्रहरीकै सख्यामा करिव २ सय ६० को हाराहारीमा प्रहरी परिचालन हुनसक्ने अनुमान गरे ।निर्वाचन सुरक्षाका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली समेत गरी सयुक्त सुरक्षा रणनिति अख्तियार गरिने उनको भनाई छ ।मुस्ताङमा आसन्न स्थानीय तह निर्वाचनका लागि जनशक्तिको कुनै कमी नहुने प्रहरी निरीक्षक तामाङले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया