पोखराको मेयर उम्मेदवार छान्न एमालेभित्र शुक्रबार मतदान हुने

समाधान संवाददाता २०७९ वैशाख १ गते १९:०३

पोखरा ।

पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार सिफारिस गर्ने नेकपा एमालेको महानगरपालिका कमिटीभित्र आन्तरिक निर्वाचन हुने भएको छ । शुक्रबार निर्वाचन गर्ने गरी तालिका सार्वजनिक भएको छ।

मेयरको उम्मेदवार बन्न पार्टीभित्रै १२ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरमा ११ जना छन् ।

Advertisement

मेयरका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीले आन्तरिक बैठकमा उम्मेदवारी दिएका छन् ।

महानगर कमिटीका ११० सदस्यको मतदानका आधारमा उम्मेदवार सिफारिस सूची तयार हुने भएको छ ।

Advertisement

महानगर उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले आन्तरिक बैठकमा उम्मेदवारी दर्ता गरेका छन् ।

पार्टीभित्र आकांक्षा व्यक्त गरेकाहरुले अब शुक्रबार औपचारिक रुपमा उम्मेदवारी दर्ता गराउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया