बेनीको मेयर बन्न कांग्रेसबाट शर्मा सर्वसम्मत

समाधान संवाददाता २०७९ वैशाख २ गते २०:२५

बेनी ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयर पदमा चिरञ्जीवी शर्मालाई उम्मेदवार बनाउने भएको छ । शुक्रबार जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले शर्मालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

नेपाली कांग्रेस बेनी नगरसमितिको बिहीबार बैठकले मेयरको आकांक्षी १० जनाको नाम सिफारिस गरेकोमा जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले बाँकी ९ जनाकै समर्थनमा शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस म्याग्दीका सचिब भरतबहादुर रकालले जानकारी दिए ।

Advertisement

नगरसमितिले मेयरमा १० जना र उपमेयरमा ३ जना आकांक्षीहरुको नाम जिल्ला कार्य समितिमा सिफारिस गरेको थियो । कांग्रेसबाट मेयरको उम्मेदवार बन्न लागेका बेनी नगरपालिका–१० पात्लेखेत निवासी शर्मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र अधिबक्ता समेत हुन् ।

शर्मालाई कांग्रेस भित्र वैचारिक नेतृत्वका रुपमा लिने गरिन्छ । कांग्रेसले उपमेयर उम्मेदवारको भने टुंगो लगाएको छैन । गठबन्धनलाई मध्यनजर गरेर कांग्रेसले उपमेयरको पद टुंगो नलगाएको जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया