विपी कांग्रेस नेता नेपाली कांग्रेसमा

समाधान संवाददाता २०७९ वैशाख ३ गते ११:३७

पोखरा l
नेपाली कांग्रेस विपीका केन्द्रीय सदस्य एवं कास्कीका सभापति चन्द्रबहादुर रानाभाट नेपाली कांग्रेस प्रवेश गरेका छन् । रानाभाटसहित उनका कार्यकर्तालाई कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले पाटी सदस्यता प्रदान गरे ।

विपी कांग्रेसको माइन्युटसमेत सभापति रानाभाटले शर्मालाई हस्तान्तरण गरे । चन्द्रबहादुरले २०३३ देखि नै नेपाली कांग्रेसमा रहेर काम गरेका थिए । ०४२ सालको सत्याग्रहमा जेल गएका रानाभाट साबिक राखी गाउँपालिकाका इकाइ सभापतिसमेत बनेका थिए ।

उनी २०४४ मा विपी कांग्रेसमा लागेका थिए । रानाभाटले कांग्रेस छाड्नु गलत भएको स्वीकारे । रानाभाटले राजनीतिको यात्रामा आफूले काङ्ग्रेसबाहेक अर्को विकल्प नदेखेको दाबी गरे । कांग्रेस सभापति शर्माले कुनै कारणबाट बाहिरिएकाहरु घर फर्केर आउँदा खुसी लाग्ने सुनाए । कार्यक्रममा महामन्त्री किरणबाबु श्रेष्ठ र प्रवक्त मधु बास्तोलाले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया