एमाले पोखरा १४ मा उम्मेदवार सिफारिस

समाधान संवाददाता २०७९ वैशाख ३ गते ११:५३

पोखरा l
नेकपा एमाले पोखरा १४ वडा कमिटीको भेलाले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । आन्तरिक निर्वाचनबाट वडाबाट अध्यक्षमा ३ जना सिफारिस भएको हो । जसमा कृष्ण कुँवर (बटुकृष्ण), क्याप्टेन डेलबहादुर गुरुङ र नन्दकला नेपाली छन् । कृष्ण कुँवर एमाले १४ अध्यक्षसमेत हुन् ।

दलित महिलातर्फ ३ जना, खुला महिलातर्फ ३ जना र खुलातर्फ ६ जनाको नाम सिफारिस गरिएको छ । वडामा दलित तर्फबाट १, खुला महिला तर्फबाट १ र खुला तर्फबाट २ जना उम्मेदवार हुन्छन् । अब जिल्ला कमिटीले सिफारिस भएकैमध्येबाट उम्मेदवार बनाउन सक्ने एमाले १४ अध्यक्ष बटुकृष्णले बताए । उनले भने, ‘जिल्लाले अरु नाम थपेर उम्मेदवार पनि बनाउन सक्छ ।’

आन्तरिक निर्वाचनबाट दलित सदस्यतर्फ माया विक, शोभा विक र सृृजना सुनार सिफारिस भएका छन् । खुल्लातर्फ सदस्यमा गोपाल सापकोटा, जितेन्द्रजंग थापा, ढोलबहादुर गुरुङ, मानबहादुर भुजेल, यमबहादुर शाही र रामप्रसाद खतिवडा सिफारिस भएका छन् । खुला महिलातर्फ सुनमाया आले, यशोदा केसी भट्टराई र सरिता बास्तोला छन् । यसअघि २०७४ को निर्वाचनमा पोखरा १४ मा वडाध्यक्षसहित सबै सदस्य एमालेले जितेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया