एमाले पोखरा २६ मा बुथ केन्द्रित ३ कार्यालय

समाधान संवाददाता २०७९ वैशाख ९ गते १६:०२

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २६ मा नेकपा एमालेले बुथ केन्द्रित तीनवटा कार्यालय शुक्रबार स्थापना गरेको छ । एमाले गण्डकी प्रदेश कमिटी सदस्य पुष्पज्योति ढुंगानाले कार्यालय उद्घाटन गरे ।


ढुंगानाले उम्मेदवार जोसुकै भए पनि नेकपा एमालेको हुने र त्यसलाई जिताउन कुनै कसर बाँकी नराख्न कार्यकर्तालाई अनुरोध गरे । कोभिडको कारणले पूरा गर्न नसकेको काम तथा अन्य विकास निर्माणको काम एमालेको अब आउने मेयरले पूरा गर्ने उनले बताए ।


गण्डकी प्रदेश कमिटी सदस्य वामदेव ढुंगानाले नेकपा एमालेसँग यो मुलुकको भविष्य जोडिएको हुँदा सूर्यध्वजाबाहक उम्मेदवारलाई जसरी पनि विजयी गराउनुपर्ने बताए । कार्यक्रममा जिल्ला कमिटी सदस्य रमेश रानाभाट, वडा अध्यक्ष नारायणप्रसाद बराल, महागगर इन्चार्ज मनोहरि ढुंगाना लगायतले बोलेका थिए । कार्यक्रमको सभापति वडा कमिटीका अध्यक्ष रामचन्द्र तिमिल्सिना थिए । कार्यक्रम सञ्चालन वडा कमिटीका सचिव सूर्यप्रकाश ढुंगानाले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया