पोखरा अपडेट: गठबन्धनको अग्रता

समाधान संवाददाता २०७९ जेठ ५ गते १७:०६

पोखरा ।
स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।

पोखरा महानगरको जारी मतगणनामा ५५ हजार २ सय ६७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २२ अजार ८ सय ५२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २० हजार १ सय ३२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदबार कोपिला रानाभाटको २३ हजार १ सय ६४ मत छ भने एमालेका मञ्जुदेवी गुरुङले २३ हजार २१ मत प्राप्त गरेकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया