एथलेटिक्स लक्षित रेफ्री र निर्णायक सेमिनार

समाधान संवाददाता २०७९ असार १६ गते ११:५१

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा गण्डकी प्रदेश एथलेटिक्स खेल लक्षित निर्णायकलाई रेफ्री तथा निर्णायक सेमिनार सुरु भएको छ । प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगितालाई विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायक उत्पादन दिने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको हो ।

३ दिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षणको अग्रज खेलाडी तथा राष्ट्रिय खेलकुदका पूर्व सदस्य खड्गबहादुर रानाभाटले शुभारम्भ गरेका छन् । सो अवसरमा उनले निर्णायकमा सर्मपण, अनुशासन र अनुकरणिय हुनुपर्ने कुरामा जोड् दिए । आफूले सिकेको सीप र ज्ञानलाई सबैलाई बाड्न सके समाजले समेत खेलकुदमा हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्ने उनको भनाइ छ । सहभागीलाई दत्तचित्त, मर्यादित र अनुशासनमा रही एथलेटिक्स खेलको सक्षम निर्णायक भएर अगाडि बढ्नसमेत एथलेटिक्सका पूर्व अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका रानभाटले आग्रह गरे ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रदेशमा एथलेटिक्स खेलका गतिविधि बढेसँगै सक्षम निर्णायकको आवश्यकता समेत रहेकाले कार्यक्रम आयोजना गरिएको बताए । एथलेटिक्स सबै खेलको समेत ‘फादर अफ दि गेम’ मानिने भएकाले पहिलो चरणमा एथलेटिक्स लक्षित कार्यक्रम अघि बढाइएको उनको भनाइ छ ।

Advertisement

नेपाल ओलम्पिक कमिटी महासचिव न?लेन्द्रराज श्रेष्ठले गण्डकी खेलकुद परिषदले आफ्नो स्थापनको छोटो अवधिमा समेत उत्कृष्ट कार्य गरेको बताए । उनले कुनै पनि खेलकुदका कार्यक्रम विवादमा पर्नुको मुख्य कारणमा निर्णायकको भूमिकासमेत रहेकाले यस्ता कार्यक्रमले उनीहरुको दक्षता बढाउने विचार राखे ।

३ दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा एथलेटिक्स विज्ञ शुशील नरसिंह राणाले प्रशिक्षण दिने दिएका छन् । प्रशिक्षक राणाले खेलाडी तथा दर्शकलाई उत्साह जगाउन तथा एसक्षम खेलाडी उत्पादनमा समेत निर्णायकको भूमिका प्रभावकारी हुने बताए ।
प्रदेश खेलकुद परिषदका सदस्य तथा कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले समेत बोलेका थिजए । सेमिनारमा २५ जनाको सहभागिता छ ।

Advertisement

तपाईको प्रतिक्रिया