मादीका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

समाधान संवाददाता २०७९ साउन १२ गते १८:४०

पोखरा ।
मादी गाउँपालिका कास्कीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाको सरुवा भएको छ । अधिकृत सापकोटाको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणमा प्रकाशित सुचीलाई हेरफेरसहित थप अधिकृतहरुलाई विभिन्न निकाय तथा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाई सरुवा गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय गोपिकृष्ण अर्यालको मादी गाउँपालिकामा सरुवा भएको छ । त्यस्तै प्रदेश सभा सचिवालय गण्डकीका शाखा अधिकृत विष्णुप्रसाद पौडेलको सरुवा स्याङजा फेदीखोला गाउँपालिकामा भएको छ ।

तपाईको प्रतिक्रिया