महानगरका मेयरहरु अन्नपूर्ण केबलकारमा

समाधान संवाददाता २०७९ साउन १६ गते १३:२९

पोखरा ।
काठमाण्डौंका मेयर वालेन शाहसहित नेपालका ६ वटा महानगरका मेयरले पोखराको अन्नपूर्ण केबलकारको अवलोकन गरेका छन् । पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा काठमाडौंका मेयर बालेन शाह, बिराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेणु दाहाल, ललितपुरका मेयर चिरिबाबु महर्जन र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले केबलकार अवलोकन गरेका हुन् ।

हालै निमार्ण भएको यो केबलकार व्यवसायिक रुपमा गत फागुन ६ देखि सञ्चालनमा आएको हो । मेयरहरुलाई तल्लो स्टेसन हुँदै माथिल्लो स्टेसनसम्म पुर्‍याइएको प्रालिका जनरल म्यानेजर दिनेश पौडेलले बताए । माथिल्लो स्टेसनमा भने पोखरा महानगरपालिका वडा नम्बर १८ र स्थानीयले मेयरहरुको टोलीलाई बाजागाजासहित स्वागत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया