पेट्रोल प्रतिलिटर १६ रुपैयाँ घटेर आयाे

समाधान संवाददाता २०७९ साउन १६ गते १५:०६

पोखरा ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आईओसी बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।

अघिल्लो पटक जुलाई १५ तारिखमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले यहाँ घटाएनको थिएन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारी रहेको छ । यो मूल्य अझै घट्ने अनुमान छ ।

Advertisement

तपाईको प्रतिक्रिया