परिणाममुखी काम गर्न जिससकाे निर्देशन

समाधान संवाददाता २०७९ साउन २६ गते ११:१७

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले गैरसरकारी संस्थाहरुलाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । पौडेलले केही गैरसरकारी संस्था नाफा केन्द्रित हुने गरेको आरोप लाग्ने गरेको भन्दै उनले जनताका आवश्यकतालाई मध्यनजर राखेर नीति तथा योजना निर्माणमा लाग्न आग्रह गरे ।

जिल्ला समन्वय समितिले कास्की कार्यक्षेत्र बनाएर विभिन्न क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका लागि आयोजना गरेको २ दिवसीय समीक्षा बैठकमा पौडेलले यस्तो बताएका हुन् । उनले हरेक क्षेत्र पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व बिना सफल नहुने भन्दै जनहितलाई केन्द्रबिन्दुमा राखेर गरिने काम नै मूल्यांकनको सही आधार हुने विचार राखे ।

जिल्ला समन्वय अधिकारी नवराज बरालले हरेक संस्थालाई गुनासोरहित काम गर्न आग्रह गरे । बरालले विद्यमान नीति नियमको पूर्ण पालनासहित जसले जहाँबाट काम गरे पनि जनताका लागि नै हुनुपर्ने बताए । गैर सरकारी संस्था महासंघ कास्की अध्यक्ष डा. बुद्धिबहादुर थापाले समृद्ध कास्की निर्माणका लागि गैरसरकारी संस्थाहरुको उल्लेनीय भूमिका रहको बताए ।

Advertisement

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण पौडेल, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य बिना सिलवाल, प्रदेश अध्यक्ष पदम पहारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया