आमसंञ्चार विधेयक माथि छलफल

समाधान संवाददाता २०७९ साउन २६ गते १६:५२

पोखरा ।
सयपत्री समाज, पोखरा अन्तर्गत आयोजित प्रदेश सभा विधायन समितिमा पेश हुन आएको आमसंञ्चार विधेयक उपरको अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । समाजले धम्पुसमा आयोजना गरेको २ दिने (साउन २३ र २४) अन्तरक्रियात्मक कार्यक्रममा गण्डकी प्रदेश सभाले ल्याउन लागेको आमसंञ्चार विधेयक माथि छलफल तथा व्यापक पुनरावलोकन भएको थियो ।

पूर्ण प्रेस स्वतन्त्रता, विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा संञ्चारको हकको प्रवर्धन गर्नका लागि यस विधेयक ल्याउन लागेको सांसदहरुको भनाइ थियो । प्रदेश विधायन समितिका सभापति बिष्णुप्रसाद लामिछानेले प्रस्तावित विधेयक गोबिन्द आचार्य, तारानाथ दाहालबाट सल्लाह सुझाब लिएको बताए । साथै प्रेस स्वतन्त्र माथि अंकुश लगाउने काम गलत हुने र पत्रकारिता भनेको जनताको आवाज हो र यस सम्बन्धि छिट्टै नै विधेयक पारित गर्नुपर्ने बताए ।

कार्यक्रममा पत्रकारको परिभाषा श्रमजीवि ऐन अनुसार राखिने, साथै प्रेस रजिस्ट्रार र यसका उपदफा सम्बन्धि छलफल भएको थियो । आमसंञ्चार संस्था दर्ता तथा अभिलेखीकरण सम्बन्धि पनि छलफल भएको थियो । संस्था प्रमाणीकरण र दर्ता सम्बन्धि कुनै संस्थाले दर्ता गर्न आएको खण्डमा निवेदन प्राप्त भएको २१ दिन भित्र छानविन गरि तोकिए बमोजिम दर्ता प्रमाणपत्र दिने जस्ता उपदफामा पनि बहस भएको थियो ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेशका कानुन तथा संञ्चार मन्त्रि बिन्दुकुमार थापा, गण्डकी प्रदेश विधायन समितिका सभापति बिष्णुप्रसाद लामिछाने, गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी अन्य सांसद, प्रदेश सभा तथा मन्त्रालयका सचिवहरुको उपस्थिति थियो । समाजका तर्फबाट निवर्तमान अध्यक्ष्य गेहेन्द्र कोइराला र अध्यक्ष्य डा कृष्ण केसीको उपस्थित थियो ।

Advertisement

तपाईको प्रतिक्रिया