एमाले कास्कीकाे इन्चार्ज फेरिए, कार्कीलाई हटाएर थापालाई जिम्मेवारी

समाधान संवाददाता २०७९ साउन २६ गते १८:१५

पाेखरा ।

नेकपा एमाले कास्कीकाे इन्चार्ज फेरेकाे छ । आज काठमाण्डाैंमा बसेकाे सचिवालय बैठकले केन्द्रीय सदस्य कृष्ण थापालाई एमाले कास्कीकाे इन्चार्जकाे जिम्मेवारी दिएकाे प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

यसअघि केन्द्रीय सदस्य भीम कार्की एमाले कास्कीकाे इन्चार्ज थिए । कार्कीलाई कास्की इन्चार्जबाट हटाएर भूमि व्यवस्था विभागकाे उपप्रमुखकाे जिम्मेवारी दिइएकाे छ ।

Advertisement

थापा पाेखरा महानगर पालिकाकाे मेयर पदका प्रत्यासी थिए । मेयरमा पराजित भएपछि थापाले आउने निर्बाचनमा उम्मेदवार नबन्ने घाेषणा गरेका छन् । त्यसैले पनि कास्कीकाे निर्बाचन हाँक्नका लागि थापालाई इन्चार्जकाे जिम्मेवारी दिएकाे एमाले श्राेतले बतायाे । कार्की आउदाे निर्बाचनमा उमेद्वारका आकांक्षी मध्येका एक हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया