तमु कलाकार संघमा दोहोरिए सुरेन्द्र

समाधान संवाददाता २०७९ भदौ ४ गते १८:२०

पोखरा, ३ भदौ
तमु (गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः सुरेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।


पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माया गुरुङ (तनहुँ), उपाध्यक्षमा बिक्रम गुरुङ (स्याङ्जा), महिला उपाध्यक्षमा ईन्द्रा गुरुङ (पर्वत), महासचिवमा टसबहादुर गुरुङ (लमजुङ), नेत्र गुरुङ (स्याङ्जा), महिला सचिवमा ज्योति गुरुङ (बाग्लुङ), सहसचिवमा डबिन गुरुङ (पर्वत), कोषाध्यक्षमा सबिना गुरुङ (कास्की) र सहकोषाध्यक्षमा दिलु गुरुङ (स्याङ्जा) छन् ।


विदेश विभाग प्रमुखमा गौरी गुरुङ, साँस्कृतिक विभाग प्रमुखमा सबिन गुरुङ (लमजुङ), अतिरिक्त विभाग प्रमुखमा ओम गुरुङ (स्याङ्जा), महिला विभाग प्रमुखमा रबिना गुरुङ र सचिवालय सदस्यमा पूजा गुरुङ (लमजुङ), रामप्रसाद गुरुङ (स्याङ्जा), मीना गुरुङ (गोर्खा) चयन भए । यसरी नै सदस्यमा रनु गुरुङ (गोर्खा), संगिता गुरुङ (लमजुङ), ममता गुरुङ (स्याङ्जा), सीता गुरुङ (तनहुँ), धनप्रसाद गुरुङ (तनहुँ), युमिन्द्र गुरुङ युबिन (स्याङ्जा), काजी गुरुङ (स्याङ्जा), सुनिमा गुरुङ (गोर्खा) र रोशन गुरुङ (स्याङ्जा) चयन भएका छन् ।

Advertisement


नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए । निर्वाचित अध्यक्ष सुरेन्द्रले ३ वर्षे कार्यकाल नमुना बनाउने घोषणा गरे । नवनिर्वाचित कार्यसमितिलाई फोनिज गण्डकी अध्यक्ष रुद्र श्रीसले बधाई तथा शुभकामना दिए ।


यसअघि पाँचौ साधारणसभा, तेस्रो अधिवेशनमा गण्डकी प्रदेश सभाका सदस्य मीनप्रसाद गुरुङले मौलिक कला, संस्कृति विकासका लागि राज्यको तर्फबाट साथ हुनुपर्ने र आफ्नो तर्फबाट सक्दो पहल हुने बताए । कठिन बेलामा पनि तमु कलाकार संघ गण्डकीले उदाहरणीय कार्य गरेको भन्दै उनले प्रशंसा गरे ।

Advertisement


कार्यक्रममा तमु कलाकार संघका केन्द्रीय अध्यक्ष शर्मिला गुरुङ, संस्थापक अध्यक्ष राजु गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङ, सल्लाहकार यामबहादुर गुरुङ, जिफान अध्यक्ष गुञ्जबहादुर गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल र सम्मानित स्रष्टा शान्ति गुरुङले बोलेका थिए ।
कार्यक्रममा स्व. मेनकाजी गुरुङ स्मृति पुरस्कारबाट अग्रज गायिका शान्ति गुरुङलाई नगदसहित सम्मान गरिएको थियो ।

अमेरिकाबाट आएकी गायिका ज्योति गुरुङलाई स्वागत, अन्नपूर्ण गाँउपालिका भलिबल संघको अध्यक्षमा चयन भएकोमा संघका आजीवन सदस्य लामा अमृत गुरुङलाई बधाई ज्ञापन गरिएको थियो । कलाकार संघले वर्षको उत्कृष्ट सदस्यमा महिलातर्फ रबिना गुरुङ र पुरुषतर्फ दिलु गुरुङलाई सम्मान गरियो । संघका संरक्षकहरु संस्थापक अध्यक्ष दुर्गा गुरुङ र संरक्षक संस्थापक सदस्य शंकरविरही गुरुङलाई कदरपत्र प्रदान गरिएको थियो । तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माया गुरुङ र महासचिव टसबहादुर गुरुङले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया