मादीकाे छाचोकमा तिज मेला

समाधान संवाददाता २०७९ भदौ ९ गते १९:२९

पोखरा ।
पोखराबाट १० किलोमिटर उत्तर पूर्वमा पर्ने मादी गाउँपालिका वडा नम्बर ७ छाचोकमा तिज मेला हुने भएको छ । तिजको अवसर पारेर आयोजना गरिने उक्त मेला विगतका वर्षमा कोभिडका कारण स्थगित भएको थियो । यसवर्ष कोरोना भाइरसको जोखिम कम भएपछि ‘पाँचौं तिज मेला २०७९’ आयोजना गरिएको क्लबका अध्यक्ष दीपक शाहीले जानकारी दिए । मेला भदौ १४ गतेदेखि १५ गतेसम्म हुने छ ।


मेलामा खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको गरिने उनले जानकारी दिए । ‘राष्ट्रिय तथा स्थानीय कलाकारका साथ मनोरञ्जनात्मक हुन्छन्,’ उनले भने । दुई दिनसम्म चल्ले मेलामा वडा स्तररिय भलिवल प्रतियोगिता, तिज गीत प्रतियोगिता र ठेलो खेलो प्रतियोगिता हुने उनका भनाइ छ । मेला सम्पन्न गराउनको लागि समाजसेवी रामचन्द्र सापकोटाको मुल संयोजकत्वमा मुलआयोजक समिति तथा विभिन्न उपसमितिहरुको गठन गरिएको छ ।


पर्यटकीय गतिविधि हुने छाचोकको, पुर्वमा थुमाको डाँडा, पश्चिममा मौजा, दक्षिणमा कालिका स्थान र उत्तरमा थाकगाउँ र सिक्लेस छन् ।

Advertisement

२०७३ सालमा स्थापना भएको यस क्लवले यस क्षेत्रको विकासको लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु सँग सहकार्य गरि विभिन्न कार्यक्रमहरु गर्दै संयोजक सापकोटाले बताए । ‘विगतका वर्षहरुमा जस्तै संस्कृतिको जगेर्ना र खेलकुदको विकास गर्ने उद्देश्यले मेला आयोजना गरेका हौं,’ उनले भने, ‘मेलामा आएर भरपुर मनोरञ्जन लिन सम्पूर्णमा अनुरोध गदर्छु ।’ भलिबलमा बिजयी हुने टिमलाई ३० हजार नगद पुरस्कार साथमा प्रमाण पत्र र मेडल र तिज गीत प्रतियोगीतामा बिजयीहुनेलाई १० हजार नगद सहित र प्रमाण पत्रप्रदानगरिने सापकोटाले बताए ।


Advertisement

तपाईको प्रतिक्रिया