अल्फा एकेडेमीमा तीजगीत प्रतियोगिता

समाधान संवाददाता २०७९ भदौ १० गते १९:४२

पोखरा–२६, कालिका चोकमा रहेको अल्फा एकेडेमी अन्तर्गत रहेको अल्फा बाल क्लबले नेपाली नारीहरूको महान् चाड तीजको पूर्वसन्ध्यामा तीज गीत प्रतियोगिता
गरेको छ । कक्षागत रूपमा सञ्चालित तीज गीत प्रतियोगितामा कक्षा दुईदेखि कक्षा दससम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा कक्षा नौ का विद्यार्थीहरूको समूहले प्रथम स्थान प्राप्त गर्न सफल भयो । त्यसैगरी कक्षा आठ द्वितीय, कक्षा तीन तृतीय र कक्षा पाँच चतुर्थ स्थान प्राप्त गर्न सफल भएका थिए । सो अवसरमा कक्षा आठका विद्यार्थीले समसामयिक विषयमा लेखिएको नाटकसमेत प्रस्तुत गरेका थिए । 

प्रतियोगितामा विद्यालयका शिक्षिकाहरू ज्योति रानाभाट, पार्वती पतानी र अम्बिका भण्डारी निर्णायकको भूमिकामा थिए । 

कार्यक्रममा नेपाल सङ्गीतकर्मी संघ, वडा एकाई २६ का संयोजक कृष्णहरि ढुङ्गानाले संस्कृति र सभ्यता जोगाउने काममा निरन्तर लाग्नुपर्ने बताए ।

सो क्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । अल्फा बाल क्लबका अध्यक्ष आदेश भण्डारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन शिक्षिका शकुन्तला लम्सालले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया