महाविद्यालय सिंगिङ आइकन सुरु

समाधान संवाददाता २०७९ भदौ १३ गते १३:१७

पोखरा ।
सैनिक आवासीय महाविद्यालय पोखरामा ‘महाविद्यालय सिंगिङ आइकन’को तेस्रो संस्करण आरम्भ भएको छ । हरेक दुईदुई वर्षमा आयोजना हुँदै आइरहेको प्रतियोगिता महाविद्यालयको पृथ्वीहलमा उद्घाटन भएको हो ।

भदौ १२ गतेबाट छनोट चरण आरम्भ भएको छ । त्यसको समापन २०७९ असोज ९ गतेको दसैं मेलामा हुने महाविद्यालयले जनाएको छ । प्रतियोगितामा गीत गाउन चाहने प्रतिस्पर्धीले जनरल राउन्ड, पियानो राउण्ड, पियानो गितार राउन्ड एवं ट्र्याक राउन्ड गरी चारवटा चरण पार गरेपछि फाइनलमा पुग्न सक्ने प्रतियोगिताका निर्णायक विनोद बानियाँले बताए । प्रतियोगिता जित्ने विद्यार्थीलाई नगद, प्रमाणपत्र, ट्रफी र गीत रेकर्डसमेत पुरस्कारका रुपमा राखिएको पनि बानियाँले बताए ।

प्रतियोगिता उदघाटनमा शुभकामना मन्तव्य दिँदै महाविद्यालयका प्रिन्सिपल राजेन्द्रकुमार लाखेले संगीत, कला र साहित्यले देशको परिचय दिने र त्यस्ता कलाको देशको जस्तो सीमा नहुने बताए । उनले नयाँ प्रतिभाको खोजी गर्न र क्षेत्रीय एवं राष्ट्रिय स्तरमै योगदान पु¥याउनका लागि यो कार्यक्रम कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे । पहिलो र दोस्रो सत्रका बिजेता सुजन रानाभाट र सुदीक्षा लामिछानेसमेत निर्णायक रहेको सो कार्यक्रम करिब एक महिनासम्म सञ्चालन हुने महाविद्यालयका शिक्षक टीकाराम आचार्यले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया