फेंजोको फोटो सर्वाेत्कृष्ट

समाधान संवाददाता २०७९ भदौ १९ गते १०:५३

जोमसोम ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४ सुर्खाङ स्वास्थ्य चौकीमा कार्यरत फेजो गुरुङले खिचेको फोटो गण्डकी प्रदेशमा सर्वोत्कृष्ठ भएको छ । शनिबार गण्डकी प्रदेशको आधिकारिक फेसबुक पेज स्वास्थ्य निर्देशानालय गण्डकी प्रदेशमा स्वास्थ्यकर्मी गुरुङले अपलोड गरेको फोटोलाई ‘सर्वोत्कृष्ट फोटो पुरस्कार’ दिने घोषणा गरिएको हो ।


स्वास्थ्य निर्देशानालय गण्डकी प्रदेशको आर्थिक वर्ष २०७८/०७९ मा संंम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय वार्षिक समीक्षामा गण्डकीका १० जिल्लालाई पछि पार्दै गुरुङको फोटो छानिएको हो ।


लोघेकर ३ सुर्खाङका स्वास्थ्यकर्मी गुरुङले गाउँघर क्लिनिकमा स्वास्थ्य सेवा दिँदै गरेको फोटो सामाजिक सञ्जालमा अपलोड गराएका थिए । यो फोटोमा उपल्लो मुस्ताङमा परम्परागत ढुंगा र माटोले बनेको पुरानो शैलीको भवनभित्र सर्वसाधारण स्वास्थ्य सेवा लिँदै छन् ।

Advertisement

तपाईको प्रतिक्रिया