माछापुच्छ्रेमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

समाधान संवाददाता २०७९ भदौ १९ गते १२:२०

पोखरा ।
माछापुच्छ्रे गाउँपालिकामा गण्डकी प्रदेश अन्तर पालिका स्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका भलिबल संघको आयोजनामा भुजुङखोलामा आगामी भदौ ३० देखि असोज १ गतेसम्म प्रतियोगितामा हुन लागेको संघका अध्यक्ष राम पुनले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले नगर २ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्धितियले १ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने २ टिमले ३०/३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई ७ हजार प्रदान गरिनेछ । भलिबल प्रतियोतिगतासँगै सांस्कृतिक एवम् हाँस्य र मनोरन्जनात्मक कार्यक्रमसमेत हुने अध्यक्ष पुनले बताए ।

प्रतियोगिता सञ्चालन गर्न ११ लाख लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि माछापुच्छ्रे गाउँपालिकाको मुख्य सहयोग छ ।

Advertisement

तपाईको प्रतिक्रिया