२२ गतेदेखि क्लब स्तरीय भलिबल

समाधान संवाददाता २०७९ भदौ २० गते १४:५२

पोखरा ।
पोखरामा क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजनामा भदौ २२ देखि २५ गतेसम्म क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको जनाएको छ ।


प्रतियोगितामा पुरुषतर्फ ३० र महिलातर्फ १० टिमको सहभागिता रहने भएको प्रशिक्षक एवं प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए । पुरुषतर्फ प्रथम हुने टिमले १ लाख र दोस्रो हुने टिमले नगद ६० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


महिलातर्फ प्रथम हुने टिमले ४० हजार र दोस्रो हुने टिमले २५ हजार नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता पोखरा–३ नदिपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने आयोजकले जनाएको छ । १५ हजार दर्शकले प्रतियोगिताको अवलोकन गर्ने संयोजक खड्काले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया