असोज १ गते सरोज गोपाल स्मृति सांगीतिक साँझ

समाधान संवाददाता २०७९ भदौ २१ गते १४:३९

पोखरा ।
पोखरामा असोज १ गते सरोज गोपाल स्मृति साँझ हुने भएको छ । कालजयी गीतहरुका संकलक तथा गायक सरोज गोपाल बज्राचार्यको आठौं स्मृति दिवसको अवसर पारेर सरोज गोपाल स्मृति सांगीतिक साँझको आयोजना हुन लागेको हो ।


स्व.सरोज गोपालले आफ्नो जीवनकालमा विभिन्न कालजयी गीतहरुमा संगीत बद्घ गर्नुका साथै आफ्नो मौलीक आवाज दिएका थिए । देउराली उकाली चढेर ….. नक्कलीलाई भगााई लग्यो झिल्केले….दाइको घर कहाँ हो कहाँ ….. करोडौं मुटुहरुको ढुकढुकी ………जस्ता दर्जनौं चर्चित लोक तथा राष्ट्रिय गीतले गर्दा आम नेपालीले सम्झीरहने नाम हो सरोज गोपाल बज्राचार्य । आज फेरी तिनै चर्चित गायक सरोज गोपाल बज्राचार्यको स्मृतिमा पोखरेली युवा साँस्कृतिक परिवारले ‘सरोज गोपाल स्मृति सांगीतिक साँझ को आयोजना गरेको हो ।


२००९ साल मंसीर २ गते जन्मेका गोपाल बज्राचार्य भएपनि गीत गाउन थालेपछि उनले सर्जकहरु जातपातभन्दा माथि हुन्छ भन्दै आफ्नो नामै फेरेर सरोज गोपाल बनाएका थिए । सयौं गीत गाएका उनलाई यसै नामले संसारले चिन्यो । नगरविकास प्रशिक्षण केन्द्रमा लामो समय जागीरे जीवन बिताएका उनले ०४७ सालताका त्यहाँबाट स्वैच्छिक अवकास लिएका थिए । त्यसपछि उनले रेडियो नेपालको पोखरास्थित क्षेत्रीय प्रशारण केन्द्रमा लामै समय कार्यक्रम प्रमुखका रुपमा सेवा गरे ।

Advertisement


माछापुच्छ्रे एफएममा स्टेशन प्रमुखका रुपमा काम गरेका थिए । उनले गायीका श्रीमती बाबा राणासँग मिलेर पोखरामै ’सरोज बाबा युगल साँझ’ मा गीत गाएका थिए । २०७१ साउन २९ गते ६५ वर्षको उमेरमा बज्राचार्यको निधन भएको थियो । पोखरेली युवा साँस्कृतिक परिवारका संस्थापक अध्यक्ष समेत रहेका बज्राचार्यको सम्झनामा सरोज गोपाल स्मृति सांगीतिक साँझको आयोजन गर्नलागेको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए ।


संगीततकार शुनिल थापाको संगीत संयोजन रहने सांगीतिक साँझमा कर्ण दास, तारा थापा, बाबा राणा, रामभक्त जोजीजू, बिनोद बानीया, इतु जोजीजू, बिनित जोजीजू, फिरोज गोपाल बज्राचार्य लगाएतकोस्वरमा सरोज गोपालका गीतहरु सुन्न सकिने छ ।

Advertisement

तपाईको प्रतिक्रिया