प्याराग्लाइडिङ खेलाडी छनोटको तयारी पुरा

समाधान संवाददाता २०७९ भदौ २२ गते १७:३३

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा प्रदेश खेलकुद प्रतियोगिता अन्र्तगत हुने प्याराग्लाइडिङ खेलको लागि खेलाडी छनोटको तयारी पुरा भएको छ । वर्षाका कारण स्थगित छनोट प्रतियोगिता भाद्र २३ गते विहिबार हुने भएको हो । छनोट प्रतियोगिता पोखरा सराङकोटमा हुन लागेको जानकारी दिंदै गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीले सबै तयारी पुरा भएको जानकारी दिए ।

प्रतियोगितामा कास्की, स्याङजा र पर्वतका महिला तथा पुरुष गरी २१ खेलाडीहरुको सहभागिता रहने प्रदेश खेलकुदका सदस्य समेत रहेका दवाडीले जनाएका छन् । प्रतियोगिताबाट खेलाडी छनोट गरी आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता गराइने छ ।

Advertisement

तपाईको प्रतिक्रिया