प्रदेश खेलकुद परिषद गण्डकीमा ९ सल्लाहकार मनोनित

समाधान संवाददाता २०७९ भदौ २६ गते १०:५१

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीले ९ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ । प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ३(ज) बमोजिम उनीहरुलाई मनोनयन गरिएको परिषदले जनाएको छ ।


गत भदौ ८ गते युवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष राजीव गुरुङको अध्यक्षतमा बसेको बोर्ड बैठकले उनीहरुलाई मनोनयन गरेको परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले जनाएका छन् ।


परिषदको सल्लाहकारमा मनोनित हुनेमा कास्कीका खड्गबहादुर रानाभाट, गणेशबहादुर भट्टराई, देवेन्द्र शेरचन, दिनेश श्रेष्ठ, ओम बस्नेत, महेश गुरुङ, गोरखाका इन्द्रबहादुर गुरुङ, बागलुङका सम्पन्न श्रेष्ठ छन् ।

Advertisement


मनोनयनमा पर्ने रानाभाट राष्ट्रिय खेलकुद परिषदका पूर्व बोर्ड सदस्य हुन् भने भट्टराई बक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन् । शेरचन नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष हुन् ।

गोरखाका गुरुङ नेपाल ओलम्पिक कमिटी साइकोलोजी कमिसनका संयोजक हुन् । बागलुङका श्रेष्ठले यसअघि पश्चिमाञ्चल क्षेत्रिय खेलकुदको अध्यक्ष संगै राखेपको बोर्ड सदस्य समेत रहेर काम गरेका छन् ।

Advertisement


तपाईको प्रतिक्रिया