मोबाईल व्यवसायी फुटसलमा योर्स च्वाईस विजयी

पोखरा ।
नेपाल मोबाईल बितरक संघ, गण्डकी प्रदेशको आयोजनामा शनिबार प्रथम अन्तर मोबाईल व्यवसायी कप फुटसल प्रतियोगीता भएको छ । सामसुङ, एम आई र रियलमी मोबाईल मुख्य प्रायोजक रहेको प्रतियोगीतामा आठ टिमको सहभागीता थियो ।
फाईनलमा योर्स च्वाईस मोबाईल एण्ड टेक्निसियनको टिमले मोबाईल स्टेसन टिम लाई ३-० गोलले हराउँदै उपाधि जित्न सफल भएको थियो । प्रथम हुने टिमले बिजेता कप सहित नगद रू २५ हजार ५५५ र दोस्रो हुनेले उपविजेता कप सहित रू १५ हजार ५५५० प्राप्त गरेका छन् । उत्कृष्ट खेलाडी र धेरै गोल गर्न सफल खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ ।
फुटसल प्रतियोगीताका विजयी खेलाडीलाई प्रमुख अतिथी पोखरा ईलेक्ट्रोनिक्स संघका अध्यक्ष दधिराम दाहाल, अतिथी नेपाल मोबाईल बितरक संघ, केन्द्रीय बरिष्ठ उपाध्यक्ष शिबराज पहारी, आयोजक संस्थाका अध्यक्ष मनोहर श्रेष्ठ, फुटसल म्याच संयोजक जीवन खत्री लगायतले पुरस्कार वितरण गरेका थिए ।






माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया