प्रेम भुजेलको स्मृति संग्रह विमोचन

समाधान संवाददाता २०७९ भदौ २८ गते १०:५२

पोखरा ।
निजी कारसहित त्रिशुली नदीमा खसेर गत वर्षदेखि वेपत्ता व्यवसायी प्रेमबहादुर भुजेलको परिवारले संघर्षमा प्रर्याय प्रेम भुजेलको स्मृति संग्रह प्रकाशन गरेको छ । भुजेलको प्रथम वार्षिकीको सन्दर्भमा श्रदाञ्जली अर्पणको क्रममा सोमबार भएको कार्यक्रमम गण्डकी विश्व विद्यालयका कुलपति गणेशमान गुरुङले स्मृति संग्रहको विमोचन गरे ।

उनले व्यवसायी भुजेलको उद्योग व्यवसायको प्रवद्र्धन तथा सामाजिक क्षेत्रमा योगदान रहेको बताए । कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य मोहन रेग्मी, पोखरा महानगरपालिकाक पूर्व मेयर मानबहादुर जिसी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा,पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यमनाथ पौडेल लगायतले निजी क्षेत्रको हक हितमा योगदान पु¥याएको भुजेलको स्मरणमा वर्षेनी कार्यक्रम गर्ने बताए ।

कार्यक्रममा भुजेल समाज कास्कीका अध्यक्ष पूर्णबहादुर भुजेल, प्रेम भुजेलकी श्रीमती पवित्रा भुजेल, छोरा प्रमोद भुजेलले बोलेका थिए । पोखरा चेम्बर अफ कमर्स कास्कीका तत्कालिन वरिष्ठ उपाध्यक्षसमेत रहेका भुजेल गत वर्षको असोज ८ गते काठमाडौंबाट पोखरा आउँदै गर्दा मुग्लिङभन्दा ३ किलोमिटर जति पूर्व नाग्दीखोला भन्ने ठाउँबाट त्रिशूलीमा कार खसेर बेपत्ता भएका थिए । कार बेपत्ता भएको ८ दिनपछि कुशको प्रतीकात्मक आकृति बनाएर उनको दाहसंस्कार गरिएको थियो ।

Advertisement

कपडा व्यवसायी संघ कास्कीका पूर्वअध्यक्षसमेत रहेका भुजेल पोखरा उद्योग वाणिज्य संघका पूर्व कार्यकारी सदस्य थिए । उनी हंसपुर थुम्की समाज पोखरा, पोखरा चेम्बर अफ कमर्स कास्की सहित १४ समाजिक संघ संस्थामा सक्रिय थिए ।

Advertisement

तपाईको प्रतिक्रिया