गायिका नुपुरलाई पुरस्कार

समाधान संवाददाता २०७९ भदौ ३० गते ११:३२

पोखरा ।
यस वर्षको ललितकुमार हेलकुमारी पुरस्कार गायिका नुपुर भट्टाचार्यलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि नगद ५० हजार र सम्मान पत्र छ ।

संस्थाका सल्लाहकार तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा चयन समितिको सिफारिसमा उनलाई पुरस्कृत गर्न लागिएको हो । यो पुरस्कार प्रत्येक २ दुई वर्षमा प्रदान गर्ने गरिएको छ । गायिका भट्टाचार्य ५ दशकदेखि नेपाली संगीतमा क्रियाशील छिन् ।

Advertisement

तपाईको प्रतिक्रिया