सबल सहकारीका लागि जागरुक सेयर सदस्य
सहकारी संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रणमा रही उद्यमशीलताको माध्यमबाट आर्थिक सामाजिक र सांस्कृतिक आवश्यकता एवं आकांक्षा प्राप्तिका लागि स्वच्छाले संगठित हुने संस्था हो । टोल, छिमेकमा छरियर रहेको पुँजीलाई एकत्रित गरी आपसमा मिलेर आफ्ना व्यक्तिगत र सामूहिक आवश्यकता परिपूर्ति गर्न सहयोग गर्ने एउटा व्यावसायिक संगठनको निरन्तरता तथा व्यवस्थित गर्न सेयर सदस्य सचेत हुनु अपरिहार्य छ । सामान्य ऋण सहयोगका लागि साहुका घर घर गुहार्नु पर्ने बाध्यतालाई सहकारीले अन्त्य गर्न सफल भएको छ । त्यसबाट उद्यमशीलतामा समेत वृद्धि हुँदै आएको छ ।
बचत संकलन र ऋण लगानीमा सहकारीहरु आकर्षिण भएको पाइन्छ । त्यसको तुलनामा उद्यमशीलतामा लगानी वृद्धि गर्नतर्पm जोड पुगेको छैन । सहकारीकै माध्येमबाट बैंकको पहुँचमा पुग्न नसकेका व्यक्ति आत्मविश्वासका साथ आर्थिक गतिविधिमा संलग्न भई जीविकोपार्जनमा सहयोग पुगेको छ । सहकारीको विकाससँगै समाजमा आर्थिक समस्याकै कारण पिछडिएका वर्ग र समुदाय यतिखेर निर्धक्कताका साथ आर्थिक गतिविधिमा सामेल हुने गरेको ज्वलन्त उदाहरण प्रशस्तै पाइन्छन् । सहकारीको मुख्य लक्ष्यका साथ देशभर सहकारी खोल्ने क्रमले तीव्रता पाएको छ र सञ्चालमा रहेका सहकारी संस्थाका यति खेर साधारण सभा एवं अधिवेशनमा जुटेका छन् ।
सामान्य ऋणका लागि साहु गुहार्नु पर्ने बाध्यतालाई सहकारीले अन्त्य गरेको छ
चाड पर्वको मुखैमा आएर गरिने साधारण सभाको छुट्टै अर्थ रहँदै आएको छ । जुन अवसरमा पाउने लाभांशले पर्व मनाउन समेत सेयर सदस्यलाई केही हदसम्म भए पनि सहयोग पुग्छ । यस अवसरमा सहकारीले लाभांश कति बाड्यो भन्दा पनि आप्mनो संस्था कसरी सञ्चालन भएको छ, त्यसतर्पm बुझन र खबरदारी गर्न सेयर सदस्य चुक्न हुँदैन । कतिपय सहकारी संस्थाका सञ्चालकभित्रै पनि स्वच्छाचारी बन्दा संस्था दुर्घटनामा पर्न सक्छ । आर्थिक पारदर्शितामा खडेरी लागेका कारण संस्था धारासायी भएका दुःखद खबर हामीले विभिन्न सञ्चार माध्यममा सुन्ने, पढने र हेर्ने गरेका छौं ।
प्रत्येक वर्ष साधारण सभा गर्दा त कतिपय संस्थामा आर्थिक हिनामिना भएको संकेतहरु पाइदै आएका छन् भने यस पटकका साधारण सभा त विश्वव्यापी रुपमा फैलिएको कोभिडको कारण यस पटकको पूर्ण सेयर सदस्यको भौतिक उपस्थितिमा हुँदै छ । २ वर्षको समेत यस वर्ष जानकारी लिने सदस्यहरु विशेष गरी चनाखो हुनु आवश्क छ । सहकारीको अघिल्लो साधारण सभामा सेयर सदस्यले सञ्चालक समितिलाई दिएको जिम्मेवारीभित्र रहेर कार्य गरे/नगरेको, विधि र प्रक्रिया संगत रुपमा लगानी असुली भए/नभएको, सुरक्षित लगानीमा अनिाएका प्रक्रिया र पद्धतिका बारेमा राम्रोसँग जानकारी लिनु जिम्मेवार सदस्यको भूमिकामा पर्दछ ।
सहकारी एउटा घर हो र सेयर सदस्यहरु उक्त घरका सदस्य हुन् भन्ने सोचका साथ सञ्चालकले कार्य सम्पादन गरेमा मात्र सहकारीले लक्ष्य प्राप्ति हुने सर्वविदितै छ । सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र अन्य उपसमितिको प्रभावकारिता लगायतमा सेयर सदस्यको निगरानी पुग्न नसकेका कारण धेरै सहकारी संस्था धरासायी भएका ज्वलान्त उदाहरण हामी सबैसँग छिपेका छैनन्, ताजै छन् । सेयर सदस्यहरु वार्षिक साधारण सभामा उपस्थित हुने प्रतिवेदन र आतेजाते खर्च र लाभांश बुझने कार्यले आफ्नो दायित्व पूरा हुँदैन ।
प्रत्येक महिना संकलन गरिने मासिक बचत संस्थाका बजार प्रतिनिधिमार्फत नभई कार्यालयमा उपस्थित हुने र सबै गतिविधिका बारेमा जानकारी लिने हो भने राम्रा पक्ष र कमी, कमजोरीका बारेमा साधारण सभामा उठान गर्ने खुराकसमेत मिल्छ । त्यस्ता सुझावले सहकारीलाई थप व्यवस्थित र पारदर्शी बताउन ठूलो मद्दत पुग्द । सेयर सदस्यको निगरानी अपुग भएमा कतिपय सञ्चालक र कर्मचारीको मिलेमतोमा आर्थिक हिनामिना हुने गरेको पनि पाइन्छ । बिशेष गरी सञ्चालकमा रहेको पदाधिकारीबाटै बिभिन्न बाहानामा भल्भबाट नगद रकम लिने लामो समयसम्म जम्मा नगर्ने, लगानी प्रक्रियामा पनि नातागोता हेर्ने र ऋण लगानीमा हौसिने र असुलीमा कानमा तेल हालेर बस्दा सहकारी संस्था सञ्चालनमा कमिकमजोरी देखिने गरेका छन् ।
कहिँ कतै त्यस्ता गतिविधि देखिएमा सेयर सदस्यले समयमै सचेत गराउन सक्नु पर्दछ । आर्थिक गतिविधि सञ्चालन हुने संस्थामा सानो कमजोरीले पनि भविष्यमा अपूणीय क्षति व्यवहोर्नु पर्दछ । बूढी मरीभन्दा पनि काल पल्कियो भन्ने बुझेर त्यस्ता क्रियाकलापको समयमै निराकरण गर्नु उपयुक्त हुन्छ । राज्यले करको दायर बढाउने र सहकारीका सञ्चालकले सेयर सदस्यलाई कसरी बढी लाभांश वितरण गर्न सकिन्छ भन्ने सोचका कारण कतिपय संस्थामा कर छल्ने निहुँमा सेयर सदस्य पनि त ठगिएका हुन सक्छन् । त्यसका बारेमा पनि जिम्मेवार सेयर सदस्यको निगरानी पुग्न सकेको देखिँदैन ।
राज्यका निर्दिष्ट कानुनको पालनका साथै सञ्चालकहरु जिम्मेवार नबन्दा कतिपय सहकारी संस्था धरासायी बन्दा सेयर सदस्यले दुःख गरेर बचाएको सर्वसाधारणको पुँजीलाई सुरक्षित बनाउनु सञ्चालकको कर्तव्यमा पर्दछ । मुलुकको संघीय, प्रदेश र स्थानीय सरकारको मातहतमा बिभिन्न प्रकृतिका गरी ३१ हजार हाराहारीमा रहेका सहकारी संस्थामा राष्ट्रको एक तिहाई जनसंख्या सहकारीका सेयर सदस्यमध्ये ५६ प्रतिशत महिलाको संख्या रहेको छ भने झण्डै १ लाखभन्दा बढीले रोजगारीसमेत प्राप्त गर्न सफल भएका छन् । सहकारीको जन्म सन् १८४४ मा बेलायतस्थित मेनचेस्टर सहरको रोचडेल गाउँमा विधिवतरुपमा भएको थियो ।
तपाईको प्रतिक्रिया